२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

‘सूचनाको हक समृद्ध लोकतन्त्रको आधार हो’

प्रकाशित मिति : २०८२ असार २१ गते

चितवन । पर्यटकीय नगरी सौराहामा प्रदेश सूचना पुनरावेदन समिति वाग्मती प्रदेशले सूचनाको हक प्रवर्दन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले सूचनाको हक नागरिकको मौलिक अधिकार भएको भन्दै सबै तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्नेमा जोड दिइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको अध्यक्षता प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने रहनुभएको थियो ।


मन्त्रालयका सचिव कृष्ण बहादुर शाही विशिष्ट अतिथि रहनुहुँदै, सूचनाको हकको व्यवहारिक पक्ष र कानुनी प्रक्रिया सम्बन्धमा धारणा राख्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

अन्तर्क्रियामा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, चितवनमा क्रियाशील पत्रकारहरू, नागरिक समाजका अगुवाहरु तथा सूचना अधिकारमा चासो राख्ने सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सूचना पुनरावेदन समितिका सदस्य कृष्ण साह मगरले दिनुभएको थियो ।
दोस्रो चरणको सत्रमा सह-सचिव र समितिका अध्यक्ष अधिकारीले सूचनाको मौलिक अधिकारका कानुनी प्रावधान, अभ्यासका चुनौती र आम नागरिकका लागि सूचनाको पहुँचसम्बन्धी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमले नागरिक–सरकार सम्बन्धलाई थप उत्तरदायी, पारदर्शी र लोकतान्त्रिक बनाउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -