काठमाडौं / रसुवागढी नाकास्थित भोटेकोशीमा मंगलबार बिहान आएको बाढीमा परी १८ जना सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ । नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

















































