२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोटका कमानसिंह तामाङ कलेजोको समस्यासँग जुध्दै, उपचारमा आर्थिक समस्या, परिवारद्वारा सहयोगको अपिल

प्रकाशित मिति : २०८२ असार ३० गते

गैँडाकोट / गैँडाकोटका ४० वर्षीय कमानसिंह तामाङ करिब एक महिनादेखि बिरामी छन् । कलेजोमा समस्या आएपछि उपचार गरिरहेका तामाङको उपचार आर्थिक अभावका कारण प्रभावित बनेको छ ।

तसर्थ उनका परिवारले सहयोगको याचना गरेको छ । कलेजो नै प्रत्यारोपण गर्नपर्ने देखिएपछि परिवारको आर्थिक हैसियतले नभ्याउने हुँदा सार्वजनिकरुपमै सहयोगको याचना गरेको कमानसिंहकी श्रीमती रेखा तामाङले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

परिवारले कमानसिंहको उपचारको लागि हालसम्म कम्तिमा पनि १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको जनाएको छ । ‘अब यसभन्दा माथि उपचार खर्च जुटाउन सक्ने अवस्था रहेन र सबैसँग सहयोगको लागि याचना गरेकी हुँ,’ रेखा भन्छिन्, ‘सबैको सानो सहयोगले मेरा श्रीमानले उपचार पाउनेमा म विश्वस्त छु ।’ अस्पतालले नै कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि रेखाको मनमा शान्ति छाएको छैन ।

अस्पतालले दिएको जानकारीअनुसार कलेजो प्रत्यारोपणको लागि कम्तिमा पनि ४० लाख रुपैयाँ जुटाउनुपर्ने बाध्यता रेखाको काँधमा आइपरेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा १८ दिन बसेपछि भक्तपुर पुगेका कमानसिंहको उपचार अहिले भने भक्तपुरस्थित अङ्ग प्रत्यारोपण केन्द्रमा चलिरहेको छ । तर, उपचारमा आर्थिक सङ्कट आइपरेपछि सहयोगी व्यक्ति तथा संघसंस्थाको आशा गरेर बसिरहेकी छन्, रेखा ।

- ADVERTISEMENT -

Advertisement

उनले आफ्ना श्रीमानको जीवन बचाइदिनको लागि रकम सङ्कलन गरिदिनसमेत अनुरोध गरेकी छन् । परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएको हुँदा गैँडाकोट नगरपालिका वडा नं. १७ ले समय कमानसिंहको परिवारलाई सबैले सक्दो सहयोग गरेर उपचारमा सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेको छ ।

कमानसिंहको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि रेखा तामाङको नाममा एनआइसी एसिया बैंकको खाता नम्बर ०७७५७५३३७१९७३००१ मा रकम जम्मा गरिदिन अपिल गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13