चितवन / चितवनमा वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मी र नेपाली सेनाको संयुक्त टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
निकुञ्ज कार्यालयलाई प्राप्त विशेष सूचनाका आधारमा रत्ननगर नगरपालिका–९ स्थित टिकौली वन नजिकै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई पक्रिएको हो ।
- ADVERTISEMENT -

संयुक्त टोलीले शंका लागेका व्यक्तिहरूको निगरानी गरी पछ्याउँदै जाँदा तीनवटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। पक्राउ परेकाहरूमाथि नियमानुसार अनुसन्धान थालिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापा मगरद्वारा जारी विज्ञप्तिमा संरक्षित वन्यजन्तुको अंग ओसारपसारमा संलग्नहरूमाथि कडा कारवाही गरिने उल्लेख गरिएको छ ।
- ADVERTISEMENT -



















































