२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा प्लम्बर तथा इलेक्ट्रिसियन (प्राविधिक)हरुलाई ग्रीन सप्लायर्सको प्रशिक्षण

प्रकाशित मिति : २०८२ असार ३१ गते
- ADVERTISEMENT -

भरतपुर । ग्रीन सप्लायर्सले चितवनमा रहेर यसको क्षेत्रमा काम गर्दै आएका प्लम्बर तथा इलेक्ट्रिसियन (प्राविधिक)हरुलाई प्रशिक्षण दिएको छ ।

ग्रीन सप्लायर्सले बिक्री वितरण गर्दै आएको सनटेक हित पम्पको विषयमा सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रशिक्षण दिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

चितवनका करिब ६० जना प्राविधिकहरुलाई ग्रीन सप्लायर्सका मेनेजिङ डाइरेक्टर अतिक सल्भानीले सनटेक हिट पम्पको प्रयोग र त्यसका लागि काम गर्दा आवश्यक पर्ने प्राविधिक पाटोको विषयमा जानकारी गराएका थिए ।

तर, यसको प्रयोग गर्न नयाँ निर्माण भएका घर तथा संरचनामा सोहीअनुसार बिजुली बिस्तार आवश्यक पर्ने भएकोले त्यस्ता विषयमा प्राविधिकहरु जानकार हुनुपर्ने हुँदा एक दिवसीय प्रशिक्षण आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सनटेक हिट पम्प बिजुलीबाट पानी तताउने या चिसो बनाउने मेसिन हो । चितवनजस्तो जिल्लामा जाडोभन्दा गर्मी नै धेरै हुने हुँदा यसको प्रयोग गर्नेहरुले चिसो पानी नै बढी प्रयोग गर्ने गरिएको उनले बताए ।

‘हामीले वस्तुको उत्पादन गरेर बिक्री गर्ने मात्रै उद्देश्य लिएका छैनौँ । सेवा त्योभन्दा मह¤वपूर्ण पाटो हो,’ सल्भानीले भने, ‘त्यसकारण हाम्रो उत्पादनमा जुनसुकै बेला जस्तोसुकै अवस्थामा प्रतिकृया आए पनि सेवा दिनुपर्छ ।

रातको १२ बजे, २ बजे जतिखेर सेवाग्राहीको फोन आउँछ । तत्काल सेवा दिनुपर्छ ।’ प्रशिक्षणका क्रममा व्यक्तिको घर र होटलहरुमा गरिने प्रयोग फरक पर्ने हुँदा घरको संरचना र आवश्यकताअनुसार हिट पम्पको प्रयोग गर्न सकिने समेत उनले बताए ।

नेपालमा सन् २०१८ देखि नै यो प्रविधिको प्रयोग हुँदै आएको छ । तर, चितवनमा भने काठमाडौँबाटै काम भइरहेको थियो । पछिल्लो एक वर्षदेखि भने चितवनबाटै यसको सबै सेवा सुविधा उपलब्ध हुँदै आएको ग्रीन सप्लायर्सको चितवन शाखाका निर्देशक बिक्रम गुरूङले जानकारी दिए ।

प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सेवाग्राहीको चाहना र आवश्यकताअनुसार काम गर्नको लागि बेलाबेला प्रशिक्षण पनि आवश्यक पर्ने हुँदा तालिम आयोजना गरिएको उनले बताए ।

‘कम्तिमा प्राविधिकलाई सामानको विषयमा राम्रोसँग ज्ञान भयो भने सेवाग्राहीले पनि राम्रोसँग बुझ्न पाउँछन्, बुझेरै सामानको प्रयोग गर्न पाउँछन्,’ उनले भने ।

पानीलाई तातो या चिसो बनाउनको लागि कम्तिमा तीन सय लिटरदेखि धेरैमा आवश्यकताअनुसारको हिट पम्प निर्माण गर्न सकिने उनले बताए । बजारले खोजेअनुसारको हिट पम्प निर्माण गरेर चितवनमा पनि ठूला तारे होटलहरुमा यसको प्रयोग हुँदै आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04