२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीलंकामाथि नेपालको गोलवर्षा, मीनाको गरे ह्याट्रिक

प्रकाशित मिति : २०८२ असार ३२ गते

काठमाडौं । नेपाली युवा टोलीकी फरवार्ड मीना देउवाले ह्याट्रिक पूरा गरेपछि नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलङ्कामाथि गोलको वर्षा गरेको छ । बङ्गलादेशको ढाकामा मंगलबार राति भएको एकपक्षीय खेलमा नेपालले श्रीलङ्कालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपाधि दाबेदारी कायमै राखेको छ ।

बसुन्धरा किङ्स एरेनामा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपाल सुरुदेखि नै श्रीलङ्कामाथि हाबी भयो । खेलको आठौँ मिनेटमा मीना देउवाले गोलको खाता खोलेपछि नेपाली टोलीले पछाडि फर्केर हेर्नुपरेन । त्यसको ५ मिनेट नबित्दै १३ औं मिनेटमा समीक्षा मगरले सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । पहिलो हाफको अन्त्यतिर नेपाल झनै आक्रामक बन्यो ।

- ADVERTISEMENT -

Advertisement

४२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् भने त्यसलगत्तै पूर्णिमा राईले दुई गोल थप्दै मध्यान्तरसम्म नेपाललाई ५–० को बलियो स्थितिमा पुऱ्याइन् । दोस्रो हाफमा पनि नेपालले आक्रमणको सिलसिला जारी राख्यो । खेलको ७० औं मिनेटमा मीना देउवाले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि खेलको इन्जुरी समयमा सरिता नाथले गोल गर्दै नेपाललाई ७–० को सानदार जित दिलाइन् ।

यो प्रभावशाली जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ र शीर्ष स्थानको दाबेदारीलाई जीवितै राखेको छ । आयोजक बङ्गलादेश ९ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजय भोगेको थियो । प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको श्रीलङ्का भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09