२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

केरुङको ल्हेन्दे खोलामा फेरि बाढी

रसुवा र नुवाकोटमा पुनः त्रास
प्रकाशित मिति : २०८२ श्रावण १४ गते

काठमाडौं / चीनको तिब्बतबाट उर्लिएर आएको ल्हेन्दे खोलाको बाढीले रसुवा र नुवाकोटमा पुनः त्रास बढाएको छ । गत असार २५ गतेको विनाशकारी बाढीको घाउ नपुरिँदै मंगलबार रातिदेखि सोही प्रकृतिको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलस्तर ह्वात्तै बढाएपछि तटीय क्षेत्रमा जनजीवन त्रसित बनेको छ ।

बाढीले नुवाकोट र रसुवाको संगमस्थलमा अवस्थित पवित्र उत्तरगया धाम पूर्ण रूपमा डुबानमा पारेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । धाम क्षेत्र जलमग्न भएपछि स्थानीयमा चिन्ता छाएको छ । बाढीकै कारण गत असार २५ गतेको बाढीले बगाएको नेपाल(चीन मितेरी पुलको स्थानमा चीनले सुरु गरेको पुनर्निर्माण कार्यसमेत रोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

रसुवा र चीनको तिब्बत क्षेत्रमा मंगलबार भएको अविरल वर्षाका कारण ल्हेन्दे खोलामा बाढी आएको अनुमान गरिएको छ । बाढीले रसुवाको उत्तरगया गाउँपालिका र किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘बी’ हब वरपरको क्षेत्रमा नदीको सतह खतराको तहसम्म पुगेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन, तर बाढीको बहाव निरन्तर रहेकाले जोखिम उच्च छ । ‘हामीले सम्भावित क्षति रोक्न र आवश्यक परे तत्काल उद्धारमा खटिन सुरक्षाकर्मीको टोली परिचालन गरिसकेका छौं,’ उनले भने, ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन निरन्तर सूचना जारी गरिएको छ ।’

- ADVERTISEMENT -

Advertisement

स्थानीय प्रशासन र गोसाइँकुण्ड गाउँपालिकाले यो बाढी गत असार २५ गतेकै तहको भएको भन्दै सूचना जारी गरेका छन् । स्मरणीय छ, सोही दिन आएको बाढीले रसुवागढी क्षेत्र तहसनहस पारेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, उक्त बाढीमा परी ११ जनाको शव तथा मानव अंग फेला परेको थियो भने चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित १७ जना अझै बेपत्ता छन् ।

राति उर्लिएको बाढी आज बिहान ३स्५५ बजे नुवाकोटको विदुर नगरपालिका आइपुगेको थियो । बाढीका कारण धादिङको गल्छी गाउँपालिकासम्मकै त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सुरक्षा निकायका तीनवटै अंगलाई उद्धार र सूचना संकलनका लागि परिचालन गरिएको छ । स्थानीय बासिन्दालाई कुनै पनि समस्या परेमा तत्काल स्थानीय जनप्रतिनिधि वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57