२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

रुसी तटमा ८.८ म्याग्निच्युड भूकम्पको धक्का महसुस, सुनामीको चेतावनी

प्रकाशित मिति : २०८२ श्रावण १४ गते

काठमाडौं / रुसको सुदूर पूर्वी कामचाट्का प्रायद्वीपको तटमा बुधबार ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभस्क–कामचाट्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा रहेको थियो । यो सन् २०११ मा जापानमा आएको ९.०/९.१ म्याग्निच्युडको महाभूकम्पपछिकै सबैभन्दा शक्तिशाली भूकम्प हो ।

शक्तिशाली भूकम्पपछि रुस र जापानका केही तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ भने अमेरिकाको क्यालिफोर्निया र हवाईसम्म सुनामीको निगरानी (सुनामी वाच) गरिएको छ । भूकम्पको केन्द्रविन्दु नजिकै रहेको रुसको कामचाट्का प्रायद्वीपमा सुनामीको खतरा घोषणा गरिएको छ । स्थानीय गभर्नर भ्लादिमिर सोलोडोभले बासिन्दाहरूलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । अधिकारीहरूका अनुसार कामचाट्काको येलिजोभो जिल्लामा ३ देखि ४ मिटरसम्म अग्लो सुनामीको छाल रेकर्ड गरिएको छ । ‘आजको भूकम्प दशकौँकै सबैभन्दा शक्तिशाली र गम्भीर थियो,’ गभर्नर सोलोडोभले भने ।

- ADVERTISEMENT -

Advertisement

भूकम्पबाट हालसम्म ठूलो क्षतिको विवरण नआए पनि केही भवनमा क्षति पुगेको र बिजुली तथा मोबाइल सेवा अवरुद्ध भएको बताइएको छ । त्यसैगरी, रुसको साखालिन टापुमा पनि बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको त्यहाँका गभर्नरले जानकारी दिएका छन् ।

जापानमा उच्च सतर्कता र खाली गर्न निर्देशन
जापानले पनि आफ्नो प्रशान्त महासागरतर्फको तटीय क्षेत्र, विशेषगरी होक्काइडो र वाकायामा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेका छन् । ‘होक्काइडो र वाकायामा प्रान्तको प्रशान्त तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ र ३ मिटरसम्म अग्लो छाल आउनसक्ने अनुमान छ,’ उनले एक विज्ञप्तिमा भने ।

हयासीले सुनामीको पहिलो छालपछि आउने दोस्रो र तेस्रो छाल अझै खतरनाक हुनसक्ने भन्दै चेतावनी नहटेसम्म सुरक्षित स्थानमै रहन अनुरोध गरेका छन् । जापानको मौसम विज्ञान एजेन्सीले १ मिटरसम्मको छाल स्थानीय समय अनुसार बिहान १० देखि ११ बजेको बीचमा आइपुग्ने अनुमान गरेको छ ।

अमेरिकाको पश्चिमी तटमा पनि असर
शक्तिशाली भूकम्पको असर प्रशान्त महासागरको अर्कोतर्फ अमेरिकाको पश्चिमी तटसम्म पुगेको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले क्यालिफोर्नियाको खाडी क्षेत्र र मध्य तटीय क्षेत्रका लागि सुनामी ‘वाच’ जारी गरेको छ । सान फ्रान्सिस्को र सान पाब्लो खाडी पनि यो निगरानी क्षेत्रमा पर्दछन् । अधिकारीहरूले सुनामीको चेतावनी जारी भएमा तुरुन्तै खाली गर्न तयार रहन भनेका छन् ।

यसैगरी, हवाई टापुका लागि पनि सुनामी ‘वाच’ र अलास्काको एल्युटियन टापुका केही भागका लागि सुनामी ‘एडभाइजरी’ जारी गरिएको छ प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार यदि सुनामी हवाईमा आइपुगेमा स्थानीय समय अनुसार साँझ ७स्१७ बजेतिर पहिलो छाल पुग्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको कामचाट्का प्रायद्वीप प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्दछ । यो क्षेत्र भूकम्पीय र ज्वालामुखीय रूपमा अत्यधिक सक्रिय मानिन्छ । यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने र ज्वालामुखी विस्फोट हुने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45