२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दलहरूको मूल्यांकन आयोगले होइन, जनताले गर्छ – सांसद सोबिता गौतम

प्रकाशित मिति : २०८२ श्रावण २२ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले निर्वाचन आयोगले राजनीतिक दलहरूको मूल्यांकन गर्ने अधिकार जनताबाट खोसेर आफूमा निहित गर्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएकी छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकपछि उनले आयोगको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ नयाँ र साना दललाई नियन्त्रण गर्ने षड्यन्त्र भएको बताएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

सांसद गौतमले ‘स्वमूल्यांकन’ को नाममा आयोगले दलहरूमाथि नियन्त्रणको तरबार चलाउन खोजेको आरोप लगाइन् । उनले सत्तारुढ कांग्रेस र एमालेका नेताहरूले दुई दलीय व्यवस्थाको वकालत गर्नु र आयोगले सोहीअनुरूप साना दललाई नियन्त्रण गर्ने कार्यविधि ल्याउनु संयोग मात्र नभएर एक सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरिन् ।

‘कांग्रेस र एमालेका नेताहरूले मुलुकमा दुई दलीय व्यवस्था लागु गर्नुपर्छ भनेर अभिव्यक्ति दिनु र आयोगले दुई दलबाहेकलाई नियन्त्रण गर्ने कार्यविधि ल्याउनु शंकास्पद छ,’ उनले भनिन्, ‘स्वमूल्यांकन गर भन्ने तर कार्यविधिमा भने कर्मचारीले पार्टीको मूल्यांकन गर्ने व्यवस्था छ, यो सरासर बदनियतपूर्ण छ ।’

संविधान र कानुनले निर्वाचन आयोगलाई दलहरूको मूल्यांकन गर्ने अधिकार नदिएको गौतमको जिकिर छ । उनले आयोगले आफ्नो क्षेत्राधिकार नाघेर जनताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न खोजेको बताइन् । ‘संविधानले राजनीतिक दलहरूलाई मूल्यांकन गर्ने अधिकार जनतालाई दिएको छ, निर्वाचन आयोगलाई हैन,’ उनले प्रष्ट पारिन्, ‘आयोगले चुनाव गराउने, दल दर्ता गर्ने र अभिलेख राख्ने हो, जनताको अधिकार कुल्चेर दलहरूको मूल्यांकन गर्ने होइन ।’

उनले राजनीतिक दलसम्बन्धी ऐनले दिएको प्रत्यायोजित अधिकारको दुरुपयोग गरी सत्तारुढ दलको इसारामा आयोग चलेको आरोप लगाइन् । सत्तारुढ कांग्रेस र एमालेबाहेकका राजनीतिक दलहरूले अब यस कार्यविधिको विरुद्धमा साझा धारणा बनाएर अघि बढ्ने उनले जानकारी दिइन् । ऐनले दिएको अधिकारको दुरुपयोगबारे संसद्ले निर्वाचन आयोगमाथि निगरानी गर्नुपर्नेमा उनको जोड् छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85