काठमाडौं / घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ ।
घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
- ADVERTISEMENT -

हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए । स्थानीय समयअनुसार राजधानी आक्राबाट ०९ः१२ बजे उडेको थियो ।
अधिकारीहरूले दुर्घटनाको कारण पुष्टि गरेका छैनन् । कर्मचारी प्रमुखले देशको झण्डा आधा झुकाउन निर्देशन दिएका छन् । पछिल्लो समय घानामा भएको यो ठूलो दुर्घटना हो ।

















































