२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

उत्तराखण्ड बाढीमा १७ नेपाली परेको खुलासा, उद्धारका लागि कूटनीतिक पहल सुरु

प्रकाशित मिति : २०८२ श्रावण २३ गते

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको उत्तराखण्डमा भीषण बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उक्त बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिकसमेत परेको खबरले आफू थप चिन्तित बनेको बताउँदै उनले उद्धारका लागि तत्काल कूटनीतिक पहल थालिएको जानकारी दिएका छन् ।

आफ्नो औपचारिक भ्रमणका क्रममा तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति चासो व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।’

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री ओलीले प्रभावित नेपालीहरूको उद्धारका लागि नेपाली दूतावासमार्फत तत्काल कूटनीतिक छलफल अघि बढाइएको स्पष्ट पारेका छन् । बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99