२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज काठमाडौं महानगरसहित सबै वडा डेंगु नियन्त्रण अभियानमा

प्रकाशित मिति : २०८२ भाद्र ६ गते
- ADVERTISEMENT -

काठमाडौं / राजधानीमा डेंगुको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एकदिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ । ‘वाक एन्ड एक्ट’ नाम दिइएको यो बृहत् अभियान बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भई महानगरका सबै वडाहरूमा एकैसाथ अघि बढाइएको हो ।

अभियानका क्रममा डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ कार्यक्रमलाई तीव्रता दिइएको छ । साथै, सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना फैलाउन माइकिङसमेत गरिएको महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विभागका प्रमुख दीपक कुमार केसीका अनुसार, गत साउन २७ गतेको विभागीय निर्णयबमोजिम महानगरका सबै ३२ वटै वडामा एकैपटक, एकै समयमा यो अभियान सञ्चालन गरिएको हो । यसले डेंगु नियन्त्रण प्रयासलाई थप प्रभावकारी र व्यापक बनाउने अपेक्षा गरिएको छ ।

यसअघि महानगरले हरेक हप्ताको शुक्रबार यस्तै प्रकृतिको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर, डेंगुको जोखिम बढेसँगै यसलाई थप प्रभावकारी बनाउन आज एकैदिन सबै वडालाई समेटेर ‘मेगा अभियान’कै रूपमा अघि बढाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -