चितवन / शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) ले शुक्रबार २९औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा ११ महिला सहित ५६ जना रक्तदान गरेका छन् । भरतपुरस्थित होटल रेड कार्पेटको अगाडिको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
- ADVERTISEMENT -

ईक्यान चितवनका अध्यक्ष श्री दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष श्री केशव महर्जन रहेका थिए ।
विशेष अतिथिहरूमा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष आदरणीय श्री रामप्रसाद सुवेदी, ईक्यान केन्द्रका सम्माननीय केन्द्रीय सदस्य श्री मञ्जित ढकाल, तथा अष्ट्रेलियाको सिड्नी सिटी कलेजका प्रमुख श्री रञ्जु थापा थिए ।
कार्यक्रममा स्वागत मन्तव्य ईक्यानका उपाध्यक्ष श्री प्रज्वल पौडेलले गरे भने सञ्चालन सचिव श्री सुजन थापा क्षेत्रीले गरेका हुन् ।

















































