२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले विधान महाधिवेशन आज दोस्रो दिन, प्रतिवेदन र समूहगत थप छलफल हुने

प्रकाशित मिति : २०८२ भाद्र २१ गते

काठमाडौं / नेकपा एमालेको प्रथम विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) थप तीन महत्वपूर्ण प्रतिवेदन प्रस्तुत हुने भएका छन्। भक्तपुरको सूर्यविनायकस्थित जर्मन हाउस हात्तीगौँडामा जारी महाधिवेशनमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पेस गरिने कार्यक्रम रहेको छ।

यसअघि, महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहसँगै चार मुख्य प्रतिवेदनहरू प्रस्तुत भइसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सल्लाहकार परिषद्को प्रतिवेदन पेस गरेका थिए। यद्यपि, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन पेस हुन सकेन।

- ADVERTISEMENT -

Advertisement

आज बिहान ८ बजेदेखि सुरु हुने महाधिवेशनको दोस्रो दिनको कार्यतालिका अनुसार, १० बजेसम्म प्रतिवेदन पेस गर्ने कार्य सम्पन्न गरी समूहगत छलफल प्रारम्भ गरिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन्। महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि गहन छलफल गरी पार्टीको नीति तथा कार्यक्रमलाई थप स्पष्ट पार्ने उद्देश्यले यो समूहगत छलफलको आयोजना गरिएको हो।

महाधिवेशनमा देशभरबाट २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा थप ३१५ जना गरी कूल २ हजार ३४१ जनाको उत्साहजनक सहभागिता रहेको छ। यस महाधिवेशनले एमालेको आगामी दिशा निर्धारण गर्ने र पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, महाधिवेशनका लागि समसामयिक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी पार्टीका युवा नेता योगेश भट्टराईलाई दिइएको छ। भट्टराईको नेतृत्वमा तयार हुने प्रस्तावले समसामयिक राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्ने विश्वास लिइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34