काठमाडौँ / काठमाडौँ मेडिकल कलेज (केएमसी) मा जेनजी आन्दोलनमा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
आज (सोमबार) दिउँसो भएको आन्दोलनमा घाइते भएका उनीहरूको केएमसीमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले जानकारी दिए ।
- ADVERTISEMENT -

उनले आन्दोलनमै घाइते भएका ४० जनाको उपचार भइरहेको बताए । घाइतेको केएमसीले निःशुल्क उपचार गरिरहेको हो ।
नेपाली काँग्रेसका सांसद डा। सुनिल शर्माको पहलमा जेनजी आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको हो ।
- ADVERTISEMENT -



















































