Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दशैंमा यी प्रदेशमा भारी वर्षाको अनुमान

९ जिल्लामा रेड अलर्ट : मोसम
प्रकाशित मिति : २०८२ आश्विन १५ गते

काठमाडौं / यस वर्षको मनसुन बाहिरिने बेलामा पुनः सक्रिय देखिएको छ, जसका कारण दशैं अवधिभर देशभर वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा मनसुनी वायुको प्रभाव पुनः बढ्ने जानकारी दिएको छ । विशेषगरी असोज १७ गते (एकादशी) देखि वर्षाले देशका विभिन्न भागमा प्रभाव पार्नेछ, जसले दशैंको उमङ्गमा केही असहजता ल्याउन सक्ने देखिएको छ ।

महाशाखाका अनुसार, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भू(भागमा प्रवेश गरी मध्य भारततर्फ सर्ने क्रममा छ। यस प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु पुनः प्रवेश गर्ने सम्भावना देखिएको छ । यो नयाँ प्रणालीको प्रभावले असोज १७ (एकादशी) बाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म वर्षा हुने सम्भावना छ । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

असोज १७ (एकादशी) गते
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी) गते
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ (त्रयोदशी) गते
यस दिन महाशाखाले ९ जिल्लामा रेड अलर्ट जारी गरेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा (अति भारी वर्षा)को सम्भावना रहेको छ । महाशाखाले रुपन्देही, नवलपरासी ९सुस्ता पूर्व र पश्चिम०, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही जिल्लामा अति भारी वर्षा प्रक्षेपण गर्दै रेड अलर्ट जारी गरेको हो ।

असोज १९ गतेका दिन नारायणगढ–बुटवल, नारायणगढ(मुग्लिन, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनु अपरिहार्य छ । दशैं मनाउन यात्रामा निस्कनेहरूलाई मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न र वैकल्पिक मार्ग तथा आवश्यक तयारीका साथ यात्रा गर्न सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22