Opens in a new tab
२०८३ मंसिर ७, आईतवार
November 22, 2026
२०८३ मंसिर ७, आईतवार
November 22, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल उपाधि नजिक, ओमानमाथि ३८ रनको शानदार जित

प्रकाशित मिति : २०८२ आश्विन ३० गते
file photo

काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि नजिक पुगेको छ । बुधबार भएको रोमाञ्चक खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले चार खेलबाट आठ अंक जोडेर शीर्षस्थानमा आफूलाई स्थापित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । भुर्तेलले ५१ बलको सामना गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए । उनलाई आसिफ शेखले २४ रन बनाएर साथ दिएका थिए । यद्यपि, पावरप्लेमा विना विकेट क्षति ५३ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको नेपालले त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो । ओमानका मोहम्मद नदीमले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

१५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा ३२ रन जोडे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नेपालका युवा अलराउन्डर गुलशन झाले ४ ओभरमा २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । उनलाई नन्दन यादव र सोमपाल कामीले २(२ विकेट लिएर उत्कृष्ट साथ दिए भने सन्दीप लामिछानेले पनि १ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि नै टी(२० विश्वकपका लागि छनोट भइसकेका नेपाल र ओमानका लागि यो खेल समूह विजेता बन्नका लागि महत्वपूर्ण थियो । आजको जितसँगै नेपालले ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा आफूलाई बलियो बनाएको छ । नेपालले यसअघि यूएई र कतारलाई पनि पराजित गरेको थियो । अब नेपालले शुक्रबार सामोआसँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92