२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका–क्यानाडामा चर्किँदै व्यापारिक तनाव

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते
File photo.

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाविरुद्धको ट्यारिफ हालको स्तरमा थप १०% ले बढाउने घोषणा गरेका छन् । ट्रम्पले क्यानाडामा प्रसारण गरिएको एउटा “नक्कली” विज्ञापन—जसमा १९८७ मा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको ट्यारिफविरोधी भाषणका अंशहरू विकृति गर्दै प्रस्तुत गरिएको दाबी गरिएको छ—लाई व्यापारिक शत्रुताको कार्य भन्दै प्रतिक्रिया जनाएका हुन् ।

ट्रुथ सोशलमार्फत ट्रम्पले भने, “क्यानाडा रंगेहात समातियो, रोनाल्ड रेगनको भाषणमा जालसाजीपूर्ण विज्ञापन राख्दै ।” उनले थपे कि तथ्यको गलत प्रस्तुति र शत्रुतापूर्ण क्रियाकलापको कारण क्यानाडासँगको व्यापार वार्ता समाप्त गर्दै ट्यारिफ वृद्धि गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि चीनले दुर्लभ–पृथ्वी खनिजमा निर्यात नियन्त्रण लगाएपछि ट्रम्पले चीनमाथि १००% भन्दा माथिको ट्यारिफ घोषणा गरेका थिए, जसको निरन्तरतामा क्यानाडामाथिको यो निर्णय आएको छ । ओन्टारियो सरकारले तयार पारेको र अमेरिकी प्रमुख टेलिभिजन सञ्जालमा प्रसारित उक्त विज्ञापनले रेगनको भनाइ—ट्यारिफले “हरेक अमेरिकी कामदार र उपभोक्ता”लाई हानि पुर्‍याउँछ र “उग्र व्यापार युद्ध” निम्त्याउँछ—उद्धृत गरेको थियो । तर रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउण्डेशनले विज्ञापनले पूर्व राष्ट्रपतिको विचारलाई गलत रूपमा प्रस्तुत गरेको बताएको छ ।

सीएनएन समाचारका अनुसार ओन्टारियोका प्रिमियर डग फोर्डले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुरा गरेर विज्ञापन सोमबारदेखि रोक्ने घोषणा गरे पनि यो सप्ताहन्त विश्व शृंखलाको खेल दौरान प्रसारण भइरहेको ट्रम्पको आरोप छ । उनले भने, “उनीहरूको धोखाधडी विज्ञापन तुरुन्त रोकिनुपर्ने हो, तर उनीहरूले यसलाई विश्व शृंखलाको समयमा पनि चलाइरहे ।” क्यानाडाली अधिकारीहरूले भने कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न खोजिने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

क्यानाडा अमेरिका पछि चीन र मेक्सिकोसँगै प्रमुख व्यापारिक साझेदार हो। गत वर्ष अमेरिका क्यानाडाबाट ४११.९ अर्ब डलर मूल्यका सामान आयात गरिएको थियो । स्टिल, एल्युमिनियम, काठ र ऊर्जा जस्ता क्षेत्रमा अमेरिकी ट्यारिफले क्यानाडाको अर्थतन्त्रमा गहिरो असर पारेको छ, जसले क्यानाडाको बेरोजगारी दरलाई नौ वर्षयताकै उच्च बिन्दुसम्म पुर्‍याएको छ । साथै, क्यानाडाली उपभोक्ता र व्यवसायहरूले अमेरिकातर्फको आवागमन तथा व्यापारमा कमी गरेका छन्, जसले अमेरिकी बजारमा पनि नकारात्मक प्रभाव पारेको छ ।

यद्यपि अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता अन्तर्गत धेरै सामान शुल्कमुक्त प्रवेश गरिरहेका भए पनि ट्रम्पको बारम्बारको ट्यारिफ धम्कीले आगामी वर्ष हुने सम्झौताका पुनरावलोकनहरूमा ठूलो परिवर्तनको आशंका पैदा गरेको छ । व्यापारिक तनाव चर्किँदै गइरहे पनि दुवै देशले कूटनीतिक वार्तामार्फत समाधान खोज्ने इच्छा व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94