२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बृहत् रक्तदान कार्यक्रम, ३०७ जनाले दिए रगत

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते

चितवन / लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ आर, क्लस्टर नं. ३ को आयोजनामा तथा होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार भरतपुरको चौविसकोठीमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।

मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मेडिकल सिटीका रूपमा परिचित चितवनमा रगतको अभाव निरन्तर देखिँदै आएको अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रगतको अभावमा देशका विभिन्न स्थानबाट उपचारका लागि चितवन आउने बिरामीहरूले रगत नपाएर उपचारमा समस्या भोग्दै आएका छन् । यस्तो संवेदनशील अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए ।

- ADVERTISEMENT -

Advertisement

डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व क्लस्टर नं. ३ का अध्यक्ष अजामिन ढकालले गरेका थिए । सो कार्यक्रमका प्रथम भाइस डिष्ट्रिक गर्भनर लायन प्रभाकर पण्डित, द्वितीय भाइस डिष्ट्रिक गर्भनर लायन दिपेन्द्रप्रसाद खतिवडा, पूर्व डिष्ट्रिक गर्भनरहरू, साथै लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लायन्स क्लब अन्तर्राष्ट्रियले विगतदेखि नै शिक्षा, स्वास्थ्य, अन्धोपन निवारण, मधुमेह सचेतना, वातावरण संरक्षण, भोकमरी निवारण, स्वास्थ्य शिविर, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर र सक्रिय योगदान गर्दै आईरहेको छ ।

यस्ता बृहत् रक्तदान कार्यक्रममा भएको उल्लेखनीय सहभागिताले चितवनमा स्वेच्छिक रक्तदानप्रति जनचेतना र सामाजिक उत्तरदायित्वबोध बढ्दै गएको लायनहरुले बिश्वास लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09