२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम तमू

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते
- ADVERTISEMENT -

भरतपुर / तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम च्हम्रु तमू चयन भएका छन् । शनिबार सम्पन्न २२औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा इन्द्रकुमारी गरब्जा तमू, कृष्ण म्रु तमू र पेजबहादुुर प्हच्यु तमू चयन भएका छन् ।

सचिवमा कृष्णा प्हच्यु तमू, सहसचिवमा लिलबहादुर प्हच्यु तमू, कोषाध्यक्षमा रीता प्हच्यु तमु र सहकोषाध्यक्षमा माया कोन्मे तमू चयन भएका छन् । पदाधिकारीहरु सबैजना पुरानै पदमा दोहोरिएका हुन् । सदस्यहरुमा भने आशबहादुर प्हच्यु तमू, रेशबहादुर घ्याप्री तमू, कुमार तमू, उत्तर कोके तमू, अनिता झिमाल तमू, महेन्द्र तमू, जगत तमू, जनक तमू, सुकबहादुर तमू, देवकुमार तमू र सावित्री तमू चयन भएका निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता खड्गबहादुर तमूले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशनको खुलासत्रमा संस्थागत विकासको लागि मह¤वपूर्ण योगदान पु¥याएका व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको थियो । उनीहरुलाई तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर तमू, वागमती प्रदेश सभाकी सदस्य गीता तमूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्मान गरिएको हो ।

तमू प्ये ल्हु संघ चितवनले संस्थाको नाममा जमिन खरिद गरेर भौतिक संरचना निर्माण गर्ने योजना बनाएअनुसार अर्थ सङ्कलनको अभियान चलाइरहेको छ । उक्त कार्यलाई पूर्णता दिलाउनको लागि नयाँ कार्यसमितिको पदाधिकारीमा पुरानै व्यक्तिहरु दोहोरिएका हुन् ।

अधिवेशनका क्रममा तमू प्ये ल्हु संघअन्तर्गतका विभिन्न भातृ संस्थाहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -