२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

अपाङ्गता भएकालाई सम्मान गरौँ

प्रकाशित मिति : २०८२ मंसिर १७ गते

हामीले अपाङ्गता भएका व्यक्तिलाई कति सम्मान र समान अवसर दिन सक्यौँ त्यसैबाट समाजको सभ्यता र संवेदनशीलताको वास्तविक मापन हुने गर्छ । आजपर्यन्त अपाङ्गता भएका व्यक्तिहरु घर–परिवारदेखि कार्यक्षेत्रसम्म विभेद, उपेक्षा र असहयोगका विभिन्न रूप भोगिरहेका छन् । उनीहरूलाई दया होइन, स्वतन्त्रता र सम्मान चाहिएको हुन्छ । आधुनिक मानवअधिकारको मूल मूल्य समानता र मर्यादाको हो । अपाङ्गता भएकालाई सम्मान गरौँ भन्ने आह्वान् एउटा नारा मात्र नभएर समाज परिवर्तनको आधारभूत मान्यता पनि हो । नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न कानुनी तथा नीतिगतरुपमा मह¤वपूर्ण कदम चालेको छ । संविधानले शिक्षादेखि स्वास्थ्य, रोजगारीदेखि पहुँचसम्म विशेष अधिकार प्रत्याभूत गरेको छ । स्थानीय तहदेखि संघीय सरकारसम्म अपाङ्गता परिचयपत्रको वर्गीकरण, सामाजिक सुरक्षा भत्ता, अपाङ्गतामैत्री पूर्वाधार निर्माणजस्ता कार्यक्रम सञ्चालन भएका छन् । तर, वास्तविक अभ्यास भने अझै अपूरो छ ।

अपाङ्गतामैत्री पूर्वाधार निर्माण गरिनुपर्छ भन्ने आवाज उठिरहे पनि अहिले अपाङ्गता भएकाहरुको ठूलो संख्या सडक, भवन, विद्यालय, कार्यालय तथा सार्वजनिक यातायातजस्ता आधारभूत सेवामा सहज पहुँचबाट वञ्चित छन् । अपाङ्गता भएका व्यक्तिहरू समाजका सक्रिय सदस्य हुन् । उनीहरूको क्षमता, सिर्जनशीलता र योगदान पनि उत्तिकै छ । तर, सामाजिक दृष्टिकोण उनीहरूको सबैभन्दा ठूलो अवरोध बन्न पुगेको छ । कुनै व्यक्तिको शारीरिक, मानसिक वा बौद्धिक अवस्था फरक भएकै कारण उसलाई विभेद गरिनु अन्यायपूर्ण हुन्छ । जहाँ उसको प्रतिभा, आत्मगौरव वा सम्भावनाको उचित मूल्याङ्कन हुँदैन, त्यहाँ समान अवसर, समावेशी वातावरण र निर्णय प्रक्रियामा सहभागिता हुनसक्दैन । त्यसैले समाजमा सकारात्मक परिवर्तन ल्याउन परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यम सबैको भूमिका मह¤वपूर्ण हुन्छ । परिवारमा बालबालिकालाई सानैदेखि समावेशी व्यवहार सिकाउनुपर्छ । विद्यालयले पहुँचयोग्य पूर्वाधार र समावेशी पाठ्यक्रम अपनाउनुपर्छ । सञ्चारमाध्यमले अपाङ्गता भएकालाई दयनीय पात्रका रुपमा होइन अधिकारसम्पन्न नागरिकको रूपमा प्रस्तुत गर्नुपर्छ । कार्यस्थलमा पनि अपाङ्गता भएका व्यक्तिलाई रोजगार सिर्जना तथा विशेष सहायक सामग्री उपलब्ध गराउनुपर्छ ।

- ADVERTISEMENT -

Advertisement

अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार दिलाउन र अपाङ्गतामैत्री वातावरण सिर्जना गर्न स्थानीय सरकारको ठूलो जिम्मेवारी रहेको हुन्छ । सबैभन्दा आवश्यक कुरा भनेको दृष्टिकोण परिवर्तन हो । हामीले उनीहरूलाई दया गरेर होइन, सम्मान गरेर हेरिने वातावरण बनाउनुपर्छ । अवसर पाए भने अपाङ्गता भएका व्यक्तिहरू कला, खेलकुद, व्यवसाय, नेतृत्व, शिक्षा सबै क्षेत्रमा प्रगति हासिल गर्न सक्छन् भन्ने दृष्टान्त संसारमा प्रशस्तै छन् । अन्त्यमा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्नु मानवताको सम्मान हो । उनीहरूको अधिकार सुनिश्चित गर्नु न्यायको सवाल हो । समावेशी समाज निर्माण केवल सरकारको जिम्मेवारी मात्र नभएर हाम्रा हरेक व्यवहार र निर्णयबाट सुरू हुने भएकाले अपाङ्गता भएकालाई सम्मान गरौँ, उनीहरूलाई समान अवसर र समावेशी वातावरण प्रदान गरौँ । हाम्रा साना–साना सकारात्मक क्रियाकलापबाटै न्यायपूर्ण समाजको जग बसाल्न सकिने भएकाले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि सबैको प्रतिबद्धता अपरिहार्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04