नारायणगढ । चितवन लगायत देशका विभिन्न स्थानमा स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस मनाइँदै छ ।
यसैबीच स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५औँ स्मृति दिवसमा आज (शुक्रबार) नारायणी कला मन्दिरले ‘नारायणगोपाल स्मृति साँझ–२०८२’ कार्यक्रम गर्न लागेको अध्यक्ष रोहित श्रेष्ठले जानकारी दिए ।
- ADVERTISEMENT -

कार्यक्रममा सुरजकुमार थापा र अनामिका मल्ललगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् । कला मन्दिरले हरेक वर्ष नारायणगोपाल स्मृति दिवस मनाउँदै आएको छ ।
नारायणगोपालले प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गितीक फाँटमा बेग्लै परिचय बनाउनुभएको छ ।
- ADVERTISEMENT -

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए १ कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्‘’, ‘अल्झेछ क्यारे पछ्यौरी‘’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिनुभएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।
मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।


















































