२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाइक दुर्घटनामा कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु

प्रकाशित मिति : २०८२ पुष १० गते

विराटनगर / क्रिकेटर कोशी प्रदेशका प्रभावशाली खेलाडी मिनष थापाको असामयिक निधन भएको छ । बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय थापाको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बिहीबार बिहान करिब पौने १ बजेतिर घटना भएको हो । विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेशचोक तर्फ जाँदै गर्दा थापा सवार प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

- ADVERTISEMENT -

Advertisement

मोरङका प्रहरी प्रमुख एवं एसपी कवित कटवालले दिएको जानकारी अनुसार, दुर्घटना लगत्तै गम्भीर अवस्थामा रहेका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कोशी प्रदेशको टोलीबाट निरन्तर राष्ट्रिय प्रतियोगिताहरू खेल्दै आएका थापाको निधनले नेपाली क्रिकेट जगत शोकमग्न भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० का सचिव तथा पूर्व कप्तान पारस खड्काले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै खड्काले भनेका छन्, ‘अत्यन्तै दुस्खद खबर । कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89