२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन पोष्टको वार्षिकोत्सवमा तीन दर्जन व्यक्ति सम्मानित 

प्रकाशित मिति : २०८२ पुष १० गते

भरतपुर । चितवन पोष्ट दैनिकको २९औँ वार्षिकोत्सवको अवसरमा संस्थालाई विगतदेखि वर्तमानसम्म योगदान दिएका तीन दर्जन बढी पत्रकारहरु सम्मानित भएका छन् । 

चितवन पोष्ट मिडिया प्रालिका अध्यक्ष दीपक आचार्यको अध्यक्षता एवम् राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थालाई विभिन्न समयमा योगदान गरेका व्यक्तिहरुलाई सम्मानित गरिएको हो । 

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा दीर्घसेवा गरेबापत चितवन पोष्टका सहसम्पादक केशव भट्टराई, संवाददाताहरु किशोर खनाल र होमनाथ सापकोटालाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट कर्मचारीको रुपमा पत्रकार रामशरण गैरे सम्मानित भए ।

२५ वर्षदेखि निरन्तर विज्ञापन दिने हरेराम हरेकृष्ण सुनचाँदी पसललाई सम्मान गरिएको थियो । यस्तै, दुई दशकदेखि पत्रिका वितरण गर्दै आएका वितरक प्रमुख केशव भट्ट र यादव गिरीलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

चितवन पोष्ट दैनिकमा काम गरेर योगदान पु¥याउने करिब २५ जना बढीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बबिलाल तामाङ, यतिराज सापकोटा, कृष्ण कंडेल, सुमित्रा सापकोटा, वसन्त पराजुली, रमेशकुमार पौडल, सूर्यप्रकाश कँडेल, कुलप्रसाद काफ्ले, विनोदबाबु रिजाल, जीवलाल पौडेललगायत रहेका छन् ।  

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले देश विकासमा चितवन पोष्ट राष्ट्रिय दैनिकले ठूलो योगदान पु¥याएको बताए । अध्यक्ष दाहालले स्थानीय क्षेत्रको विकासममा मात्र नभएर चितवन पोष्टले देश विकासमै योगदान दिएको बताए । 

यस्तै, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, अग्रज साहित्यकार रेशम विरही, चितवन जिल्ला बार एसोसिएसनकी अध्यक्ष फूलमाया रानाभाट, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, फोनिज केन्द्रका सचिव सन्दीपकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।  

चितवन पोष्ट दैनिकका समाचार प्रमुख दीपेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संवाददाता तुलमान गुरूङले सञ्चालन गरेका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89