Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बार्सिलोना दोस्रो पटक पनि सुपरकप च्याम्पियन

प्रकाशित मिति : २०८२ पुष २८ गते

काठमाडौं / साउदी अरेबियाको जेद्दाहमा सम्पन्न रोमाञ्चक ‘एल क्लासिको’ भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको फाइनल खेलमा रियलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

यो ऐतिहासिक सफलतासँगै प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाले समग्रमा १६औँ पटक स्पेनिस सुपर कपको ट्रफी आफ्नो नाममा लेखाउन सफल भएको छ । गत वर्ष पनि बार्सिलोनाले फाइनलमा रियल म्याड्रिडलाई नै पाखा लगाउँदै उपाधि जितेको थियो ।

- ADVERTISEMENT -

Advertisement

खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समय ९इन्जुरी समय० दुवै टोलीका लागि निकै नाटकीय र रोमाञ्चक बन्यो । थप गरिएको समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए । भिनिसियसले करिब १७ खेलको गोलविहीन यात्रालाई यसै खेलमार्फत पूर्णविराम लगाएका हुन् ।

तर, रियलको खुसी धेरै समय टिक्न सकेन । इन्जुरी समयकै चौथो मिनेटमा अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः २(१ को स्थितिमा पुर्‍याए । खेलमा उतारचढाव कायमै रहँदा इन्जुरी समयको छैटौँ मिनेटमा रियलका गोंजालो गार्सियाले गोल गरेपछि पहिलो हाफ २(२ को बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले निकै सन्तुलित खेल पस्किएका थिए । खेलको ७३औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३(२ को अग्रता दिलाए, जुन अन्ततः टोलीको जितका लागि निर्णायक सावित भयो ।

खेलको अन्तिम क्षणतिर बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङले रियलका स्टार स्ट्राइकर किलियन एम्बाप्पेमाथि खराब फाउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले बाँकी समयमा रियलको दबाबलाई चिर्दै जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै बार्सिलोनाले सन् २०११ पछि पहिलो पटक लगातार दुई वर्ष स्पेनिस सुपर कप जित्ने कीर्तिमान समेत बनाएको छ । उपाधि होडमा रियल म्याड्रिडलाई लगातार दोस्रो पटक निराश बनाउँदै बार्सिलोनाले स्पेनिस फुटबलमा आफ्नो दबदबा कायम राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67