२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेला–महोत्सवको बढ्दो रौनक

प्रकाशित मिति : २०८२ पुष ३० गते

नेपाल सांस्कृतिक विविधता, परम्परा र सामाजिक मेलमिलापको देश हो । यही पहिचानलाई जीवन्त बनाइराख्ने माध्यमका रूपमा देशभर आयोजना हुने मेला–महोत्सवहरूको आकर्षण पछिल्ला वर्षहरूमा झनै बढ्दै गएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन तथा व्यापारिक उद्देश्यले सञ्चालन हुने यस्ता मेला–महोत्सवहरू केवल मनोरञ्जनका साधन मात्र नभई स्थानीय पहिचान, आर्थिक गतिविधि र सामाजिक एकताको महŒवपूर्ण आधार बन्दै गएका छन् । पछिल्लो समय हरेक जिल्लामा कुनै न कुनै बहानामा मेला आयोजना हुने गरेको देखिन्छ । यतिबेला रत्ननगर महोत्सव, खिचरा महोत्सव, माघे सङ्क्रान्ति मेला, गैँडाकोट महोत्सवजस्ता मेला–महोत्सवले समाजलाई उत्सवमय बनाउने काम गरेका छन् । यस्ता अवसरमा स्थानीय संस्कृति, भेषभूषा, खानपान, लोकगीत र नृत्य सार्वजनिकरूपमा प्रस्तुत हुने भएकाले नयाँ पुस्तामा संस्कृतिप्रतिको चासो बढ्नु सकारात्मक पक्ष हो ।

मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछन् । घरेलु तथा साना उद्योगका उत्पादन, हस्तकला, कृषि उपज र स्थानीय परिकारको बजारीकरणका लागि यी कार्यक्रम प्रभावकारी माध्यम बन्दै आएका छन् । होटल, यातायात, व्यापार र सेवाक्षेत्रमा चहलपहल बढ्दा रोजगारीका अवसरसमेत सिर्जना हुन्छन् । विशेषगरी ग्रामीण भेगमा आयोजना हुने मेला–महोत्सवले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने पुलको काम गर्छन् । पर्यटन प्रवद्र्धनमा पनि मेला–महोत्सवको भूमिका महŒवपूर्ण रहँदै आएको छ । मौलिक संस्कृति र परम्परामा आधारित कार्यक्रम हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन्छन् । यसले सम्बन्धित क्षेत्रको पहिचान स्थापित गर्न मद्दत गर्छ । उचित प्रचारप्रसार र व्यवस्थापन गर्न सकिए यस्ता महोत्सव दीर्घकालीन पर्यटन गन्तव्यको आधार बन्न सक्छन् ।

- ADVERTISEMENT -

Advertisement

मेला महोत्सवको होडबाजी र आकर्षणसँगै चुनौती पनि देखिन थालेका छन् । कतिपय मेला–महोत्सव नाम मात्रका सांस्कृतिक कार्यक्रम भएर अत्यधिक व्यापारिक र खर्चिलो बन्दै गएका छन् । अश्लील मनोरञ्जन, अस्वस्थ प्रतिस्पर्धा र कमजोर सुरक्षा व्यवस्थाका कारण नकारात्मक सन्देश जाने खतरा पनि उत्तिकै छ । भीड व्यवस्थापन, सरसफाइ, मूल्य नियन्त्रण र उपभोक्ता सुरक्षामा ध्यान नदिँदा मेला आफैँ समस्याको केन्द्र बन्न सक्छ । त्यसैले मेला–महोत्सवलाई दीगो र मर्यादित बनाउन सम्बन्धित निकाय, स्थानीय तह र आयोजकबीच स्पष्ट समन्वय आवश्यक छ । मौलिकता जोगाउँदै अनुशासित मनोरञ्जन, पारदर्शी आर्थिक व्यवस्थापन र सुरक्षित वातावरण सुनिश्चित गरिनुपर्छ । संस्कृतिको संरक्षण, अर्थतन्त्रको सशक्तीकरण र सामाजिक एकताको सन्तुलन मिलाउन सके मेला–महोत्सव देशको समृद्धिको महŒवपूर्ण आधार बन्न सक्छन् । देशभर बढ्दो मेला–महोत्सवको आकर्षण हाम्रो सांस्कृतिक चेतनाको उज्यालो पक्ष हो । यस आकर्षणलाई अनुशासन, जिम्मेवारी र दीगो विकाससँग जोड्नु उत्तिकै आवश्यकता देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22