२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

प्रतिनिधि सभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

प्रकाशित मिति : २०८२ माघ ८ गते

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिकालाई तीव्रता दिएको छ । आयोगले आज बिहीबार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी पुरा गरेको छ ।

गत मंगलबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूका सम्बन्धमा परेका उजुरीहरूको जाँचबुझ र आवश्यक प्रक्रिया पूरा गरी आज नामावली सार्वजनिक गर्न लागिएको हो । आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको योग्यतासम्बन्धी दाबी-विरोध र उजुरी लिने समय निर्धारण गरिएको थियो । 

- ADVERTISEMENT -

Advertisement

प्राप्त उजुरीहरूउपर हिजो साँझ नै प्रारम्भिक छानबिन सम्पन्न भइसकेकाले आज साँझ ५ बजेदेखि ७ बजेभित्र उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते शुक्रबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा समय उपलब्ध गराइनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ देखि ७ बजेभित्र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यतालिका छ ।

आयोगको पछिल्लो तथ्यांक अनुसार यसपटक प्रतिनिधि सभाका लागि देशभरबाट कुल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुषको संख्या ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85