Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीव्र गतिको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रकाशित मिति : २०८२ माघ ११ गते
sketch

इटहरी / सुनसरीको व्यस्त व्यापारिक केन्द्र इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जना साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा धनकुटा घर भई हाल इटहरी(४ मा बसोबास गर्दै आएका ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भएका राईलाई प्रहरीकै भ्यानमा राखेर तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याए लगत्तै राति ९ः५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानले ट्रकको तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखाएको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले केही समय मुख्य सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुवासको नेतृत्वमा थप सुरक्षाकर्मीको टोली परिचालन गरी अवस्थालाई सामान्य तुल्याइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका(१६ का २९ वर्षीय उपेन्द्र यादव रहेका छन् । उनीमाथि सवारी ज्यान मुद्दा अन्तर्गत थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05