२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

विश्वकप छनोट : नेपाल स्कटल्यान्डसँग भिड्दै

प्रकाशित मिति : २०८२ माघ १२ गते
file photo.

काठमाडौं / आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम र निर्णायक खेलमा आज (आइतबार) नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले सोचेअनुरूपको नतिजा निकाल्न सकेको छैन । पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालको सुपर सिक्स यात्रा कठिन मोडमा पुगेको छ । तेस्रो खेलमा जिम्बावेलाई हराएर केही राहत महसुस गरेको नेपालले आज स्कटल्यान्डलाई हराउनैपर्ने बाध्यात्मक अवस्था छ ।

- ADVERTISEMENT -

Advertisement

तर, जितले मात्र नेपालको यात्रा सुनिश्चित हुनेछैन । सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने आजै हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ । अर्थात्, आजको खेल नेपालको आफ्नै प्रदर्शन र भाग्य दुवैमा निर्भर रहनेछ ।

कागजी रूपमा हेर्दा स्कटल्यान्ड नेपालभन्दा निकै बलियो टोली हो । आईसीसी टी(२० आई वरीयतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ । स्कटल्यान्डले सन् २०२४ मा यूएईमा भएको महिला टी–२० विश्वकप खेलिसकेको अनुभव सँगालेको छ । सोही विश्वकपको आधारमा उनीहरूले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हुन् ।

यद्यपि, अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपाल र स्कटल्यान्डको यो पहिलो औपचारिक भेट हो । प्रतियोगिता अघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

नेपाली टोली ः इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय र रचना चौधरी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37