२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बैतडी बस दुर्घटना अपडेट : १३ मृतकको पहिचान (नामावली)

प्रकाशित मिति : २०८२ माघ २३ गते

काठमाडौं / बैतडीको पुर्चौडी नगरपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पुर्चौडी नगरपालिका–७, भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।

सडकबाट करिब २ सय मिटर तल खसेर बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र अन्य ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक सबैको सनाखत भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

मृतकको नामावली ः
१. बिसनदत्त जोशी (१७ वर्ष) – बित्थडचिर–७, बझाङ
२. दीपक जोशी (२७ वर्ष) – बित्थडचिर–७, बझाङ
३. किसनदत्त जोशी (४५ वर्ष) – बित्थडचिर–७, बझाङ
४. केशवराज जोशी (४० वर्ष) – बित्थडचिर–७, बझाङ
५.अशोकराज जोशी (१३ वर्ष) – बित्थडचिर–७, बझाङ
६. बसन्त जोशी (३५ वर्ष) – बित्थडचिर–७, बझाङ
७. विष्णुदत्त जोशी (४१ वर्ष) – बित्थडचिर–७, बझाङ
८. नरेशराज जोशी (४२ वर्ष) – बित्थडचिर–७, बझाङ
९. केशवराज भट्ट (२६ वर्ष) – केदारस्युर–७, बझाङ
१०। मोहनदेव भट्ट (६० वर्ष) – केदारस्यु, बझाङ
११. बसन्तराज रतला (४० वर्ष) – जयपृथ्वी नगरपालिका–७, बझाङ
१२. सुशील जोशी (१४ वर्ष) – पुर्चौडी नगरपालिका–७, बैतडी
१३. नाम नखुलेका (अन्य १ जना, जसको अस्पतालमा मृत्यु भएको)

दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।

विवाह सम्पन्न गरी फर्किने क्रममा भएको यो हृदयविदारक घटनामा बेहुला र बेहुली भने अर्कै गाडीमा रहेकाले सुरक्षित रहेका छन् । तर, आफ्नै जन्ती टोलीका सदस्यहरूको निधनले विवाहको खुसीयाली सन्नाटामा बदलिएको छ ।

बस सडकको मोडबाट अनियन्त्रित भई खसेको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाग्रस्त बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45