२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026
२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026 Thursday

वरिष्ठ कलाकार सुनिल थापा रहेनन्, नेपाली सिने जगतमा अपूरणीय क्षति

प्रकाशित मिति : २०८२ माघ २४ गते

काठमाडौं / नेपाली चलचित्र जगतका विशिष्ट व्यक्तित्व तथा वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो । थापाको असामयिक अवसानले यतिबेला सम्पूर्ण नेपाली कला क्षेत्र शोकमग्न बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

‘राते काइँला’ को उपनामले दर्शकमाझ अमिट छाप छाड्न सफल थापालाई नेपाली चलचित्रको एक बलियो ‘धरोहर’ मानिन्छ । उनले नेपाली चलचित्रमा खलनायकको भूमिकालाई पनि नायक सरहकै चर्चा र सम्मान दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । लामो समयदेखि नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा सक्रिय उनले धेरै स्मरणीय चरित्रहरूमा जीवन्त अभिनय गरेका छन् ।

पारिवारिक सदस्यहरू भारतको मुम्बईमा बस्दै आए तापनि थापा काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । उनको निधन नेपाली सिने जगतका लागि अपूरणीय क्षति भएको कलाकार संघका अध्यक्ष निरौलाले बताए । थापाको निधनले एक कुशल र अनुभवी अभिनेताको युग अन्त्य भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
179.03
179.73
UK Pound Sterling
1
206.44
207.25
Swiss Franc
1
195.59
196.35
Australian Dollar
1
110.80
111.24
Canadian Dollar
1
111.63
112.07
Singapore Dollar
1
120.11
120.58
Japanese Yen
10
9.69
9.72
Chinese Yuan
1
22.51
22.59
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.72
4.74
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.89
39.04
South Korean Won
100
10.26
10.30
Swedish Kroner
1
16.40
16.47
Danish Kroner
1
23.96
24.05
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
498.91
500.87
Bahrain Dinar
1
405.25
406.84
Omani Rial
1
396.98
398.54