२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

अभिनेता प्रदीप खड्काव्दारा १८ डी सिनेमाको उद्घाटन

प्रकाशित मिति : २०८२ चैत्र १३ गते

चितवन । नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । 

- ADVERTISEMENT -

Advertisement

उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्ट द्वारा संचालनमा ल्याईएको तेस्रो शाखा हो । 

यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा मार्फत विशेष प्रभाव सहितको मनोरञ्जन अनुभव गर्न सक्नेछन् । 

यो सिनेमामा एक पटकमा ८ देखि १० जना दर्शकले मात्र सिनेमाको मज्जा लिन सक्छन्  । यहाँ सिनेमा हेर्दा पुरै सिट घुम्छ, हिउँ पनि झर्छ र पानी पनि पर्छ । हरेक सिनेमाको दृश्य अनुसारको १८ वटा अनुभूति दिलाउँछ ।  

यसै क्रममा कम्पनीका प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए । 

उनले काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यस सिनेमा मार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने विन्दूको रुपमा रहने बताए । 

कम्पनीले यसअघि काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ, जसको उद्घाटन गत साता महानायक राजेश हमालले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46