२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिभुवन विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी

एक महिनासम्म सुरक्षा सतर्कताका उच्च
प्रकाशित मिति : २०८२ माघ २९ गते

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल परिसर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आगामी फागुन १ गते विभिन्न राजनीतिक दल तथा समूहहरूले विमानस्थल केन्द्रित विरोध प्रदर्शनको तयारी गरेपछि प्रशासनले सुरक्षा चुनौतीलाई ध्यान दिँदै यस्तो कदम चालेको हो ।

बिहीबारदेखि लागू हुने गरी जारी गरिएको यो आदेश आगामी एक महिनासम्म कायम रहनेछ । निषेधाज्ञा लागू भएसँगै अब विमानस्थल क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कुनै पनि विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थलको मुख्य प्रवेशद्वार ९गोल्डेन गेट० देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ स्थल र परिसरभित्रका सम्पूर्ण सडक खण्डहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

‘अत्यन्तै संवेदनशील मानिने विमानस्थल क्षेत्रमा हुने भीडभाड र प्रदर्शनले हवाई सेवामा अवरोध पुग्न सक्ने र उत्तेजित भीडबाट तोडफोड वा आगजनी जस्ता उच्छृङ्खल गतिविधि हुनसक्ने जोखिम देखिएकाले यो आदेश जारी गरिएको हो,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासनले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने संवैधानिक अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ । निषेधाज्ञा तोकिएको क्षेत्र बाहेकका अन्य स्थानमा भने शान्तिपूर्ण विरोध प्रदर्शन गर्न बाधा नपर्ने प्रशासनको भनाइ छ ।

यद्यपि, पूर्वजानकारी गराई गरिने विरोधका कार्यक्रमका क्रममा सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा कुनै पनि किसिमको क्षति पुगेमा त्यसको शोधभर्ना वा क्षतिपूर्ति आयोजकबाटै असुलउपर गरिने चेतावनी समेत स्थानीय प्रशासनले दिएको छ । फागुन १ गते हुने भनिएको प्रदर्शनलाई लक्षित गरी विमानस्थल आसपासको सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45