चितवन / भरतपुर महानगरपालिका वडा नं. २ स्थित कृषि प्रवद्र्धन बजार विकास प्रा.लि.को अध्यक्षमा थिरप्रसाद धिताल चयन भएका छन् ।
सोमबार सम्पन्न कृषि प्रवद्र्धनको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले अध्यक्ष धिताललाई सर्वसम्मत चयन गरेको हो ।
- ADVERTISEMENT -

यस्तैगरी अधिवेशनबाट प्रबन्ध निर्देशकमा जयराम पाण्डे छानिएका हुन् भने संचालक सदस्यहरुमा रामचन्द्र वंशी ठकुरी, मुकुन्दप्रसाद गौतम, रामराज पाण्डे, सोमबहादुर बज्यू, काशीराम सापकोटा, शंकरप्रसाद भेटवाल, नवराज अर्याल, हरिप्रसाद रिजाल (अच्यूत), ढलकप्रसाद धिमाल चयन भएका हुन् ।

कार्यक्रममा संचालक मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिए भने संस्थाको आयव्यय विक्रम पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रम कृषि प्रवद्र्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।
‘कृषि उद्यम विकासको पूर्वाधार, आधुनिक व्यवस्थित कृषि थोक बजार’ भन्ने नारा रहेको उक्त कृषि प्रवद्र्धनमा सत्तरी जना सदस्यहरु आवद्ध छन् ।


















































