भरतपुर / चितवनमा कम्पनी रजिष्ट्रारको कार्यालयले लगानीकर्ता शिक्षा तथा अभिवृद्धि र कम्पनी प्रशासन सम्वन्धी प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
देशको सातै प्रदेशमा कार्यक्रम गर्ने अभियान अन्तर्गत रजिष्ट्रारको कार्यालयले सोमबार चितवनको भरतपुरमा उक्त कार्यक्रम गरेको हो ।
- ADVERTISEMENT -

कम्पनी रजिष्ट्रारको कार्यालयका प्रमुख रजिष्ट्रार बलराम निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरणमा एस एण्ड पी कम्पनीको कार्यालय रहेको थियो ।
कार्यक्रममा रजिष्ट्रार निरौलाले व्यवसायीको लगानीको सुरक्षालाई जोड दिँदै सबैलाई कम्पनीको शिक्षाबारे जानकारी हुन आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले शेयरधनीहरुलाई हक, अधिकार र दायित्व बोध गराएका थिए ।
नेपाल स्टक एक्सचेन्जका अधिकृत पुजन ज्ञवालीले नेप्सेको परिचय र भूमिका बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यलय प्रमुख कर अधिकृत पूर्ण बिक्रम खड्का, नेपाल बार एशोसिएसन चितवनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारी, मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष पूर्णचन्द्र चापागाई, सप्तगण्डकी बहुमुखी क्यामपसका उप प्राध्यापक दिपक श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रमको समन्वयमा नेपाल धितो बोर्ड, नेपाल स्टक एक्सचेन्ज रहेको थियो भने एक सय बढीले सहभागिता जनाए ।
आगामी कार्यक्रम मधेश प्रदेश हुने कम्पनी रजिष्ट्रारले जनाएको छ ।








































