Opens in a new tab
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशको विभिन्न भागमा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति : २०८२ फाल्गुन १५ गते
File photo.

काठमाडौं / नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पर्दा देशका विभिन्न भागको मौसममा परिवर्तन आएको छ । यसकै प्रभावस्वरूप आज (शुक्रबार) देशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ । बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक मात्र बदली हुनेछ । यी तीन प्रदेश (कोशी, बागमती र गण्डकी) का केही स्थान र अन्य प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै, सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातसमेत हुने प्रक्षेपण गरिएको छ ।

तराईका जिल्लाहरूमा दिउँसोको समयमा मौसम मुख्यतया सफा रहने भए पनि बिहानीपख भने केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।

आज रातिको समयमा पनि देशका हिमाली भेगमा मौसम साधारणतया बदली नै रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने तराईको मौसम सफा रहनेछ । यद्यपि, रातिको समयमा तराईका केही सीमित स्थानमा तुवाँलो लाग्न सक्ने अनुमान छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाको पछिल्लो बुलेटिनअनुसार, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिउँ पर्ने सम्भावना कायमै रहनेछ । मौसममा आएको यो परिवर्तनसँगै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05