२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतीय एयरलाइन्सले मध्यपूर्वका उडानहरू पुनः सुरु गर्ने

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते
file photo

नयाँ दिल्ली / भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ ।

लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसैगरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

एयर इन्डिया एक्सप्रेसले मङ्गलबारदेखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ । यद्यपि, बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरु भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोेमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

आक्रमणमा अबु धाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ । प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89