२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनको तमु प्ये ल्हु संघद्वारा क्होइबो निर्माणको लागि ‘कन्सर्ट’ गर्दै

प्रकाशित मिति : २०८२ चैत्र २५ गते

भरतपुर / तमू प्ये ल्हु संघ चितवनले संस्थागत विकासको लागि ‘चितवन म्युजिक क्यारनिभल च्यारीटी फर क्होइबो’ (कन्सर्ट) गर्ने भएको छ । संघले बुद्ध पूर्णिमाको अवसर पारेर नारायणघाटको क्याम्पाचौरमा कन्सर्ट गर्न लागेको मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । संघको गुरुयोजनाअनुसार घरजग्गासहित क्होइबो धीँ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ २०८३ को बैशाख १८ गते कन्सर्ट आयोजना गर्न लागेको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

कन्सर्टमा ख्यातिप्राप्त ब्याण्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने उनले बताए । अध्यक्ष तमूका अनुसार पुरानो तथा चर्चित ब्याण्ड एक्सिससँगै लिल झोला र स्थानीयस्तरमा ख्याती कमाएको कताब, युगनजस्ता ब्याण्डले मञ्च तताउने छन् । साथै यमुना गुरूङ र पविन गुरूङको प्रस्तुत रहने आयोजकले जनाएको छ । लिल झोलाले चितवनमा पहिलोपटक प्रस्तुति दिने तयारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कन्सर्टमार्फत् करिब डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ । कन्सर्टको लागि प्रवेश शुल्क पाँच सय, एक हजार, दुई हजार र पाँच हजारभन्दा माथिको गरी फरकफरक खालको टिकटको व्यवस्था गरिएको कार्यक्रम संयोजक जगत गुरूङले जानकारी दिए । पाँच हजार रुपैयाँभन्दा बढी रकमको टिकटलाई ‘डायमण्ड’ टिकट भनिएको छ ।

टिकटको दरअनुसार दर्शकलाई सुविधा दिइने व्यवस्था गरिएको उनले बताए । त्यसबाहेक प्रायोजक, सहप्रायोजक तथा विभिन्न विज्ञापन दाताहरुबाट खर्च व्यवस्थापन गरिने उनको भनाइ छ । ‘आम्दानीको स्रोत भनेकै टिकट बिक्री र प्रायोजकहरु नै हुन्,’ उनले भने, ‘तसर्थ टिकट बिक्री र बजार प्रवद्र्धन गर्न चाहने ठूला कम्पनीहरुसँग भेटघाट गर्नेजस्ता गतिविधिलाई प्राथमिकता दिइरहेका छौँ ।’

कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारी भने नेपाल डायरिजले लिएको छ । मञ्च व्यवस्थापनसँगै टिकट बिक्री र प्रायोजक खोजीजस्ता महत्त्वपूर्ण पक्षमा काम गर्दै आएको नेपाल डायरिजका व्यवस्थापक विनेश थापाले जानकारी दिए । उनका अनुसार साँझ ४ बजे सुरु हुने कार्यक्रममा दर्शकहरुले राति १० बजेसम्म मनोरञ्जन लिन पाउने छन् ।

कन्सर्टमा करिब आठ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । गुरूङ जातिको भाषा, धर्म र संस्कृति संरक्षणका वि.सं २०६० मा स्थापना भएको संघले गतवर्षदेखि अर्थ सङ्कलनको प्रयास गर्दै आएको छ । जसबाट भरतपुर–४ स्थित यज्ञपुरीमा एक कठ्ठा जमिन खरिद गरिसकेको छ ।

खरिद गरिसकेको ज मिनमा थप जमिन लिएर त्यसैमा क्होइबो धीँ अर्थात् कुल पुज्ने घर निर्माण गर्ने योजना रहेको संघका अध्यक्ष तमूले जानकारी दिए । यसअघि रकम सङ्कलनको लागि घरदैलो तथा देउसी भैलो कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त गतिविधिबाट रकम सङ्कलन पर्याप्त नभएपछि ठूलो लक्ष्य लिएर कन्सर्ट आयोजना गर्ने जमर्को गरिएको उनले बताए ।

संघले यसअघि भरतपुरमा आयोजित कन्सर्टमा एक्सिस ब्याण्डलाई सगुन लिएर निम्तो दिएको थियो ।

यसैबीच तमू प्ये ल्हु संघ चितवनले मङ्गलबार ट्हो ट्हे (गाउँ रक्षा) पर्व मनाएको छ । ग्रामीण क्षेत्रबाट बजारीया बने पनि पुरानो परम्परालाई पछ्याउने क्रममा चितवनमा पनि विगतदेखि नै ट्हो ट्हे पर्व मनाउँदै आएको छ । सोहीअनुसार यस वर्षको अन्तिम ट्हो ट्हे पर्व मङ्गलबार मनाइएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबो धीँमा प्हच्यु, क्ल्हेप्री र लम्ले संयुक्तरुपमा पूजाआजा गरेर ट्हो ट्हे पर्व मनाइएको उनले बताए । हरेक वर्ष कात्तिक र चैतमा पहिलो या अन्तिम मङ्गलबार ट्हो ट्हे पर्व मनाउने चलन छ । ट्हो ट्हे मनाउँदा गाउँको चार किल्ला बाँध्ने, गाउँभर मानिससहितका प्राणीजगतमा रोगव्याधी नास हुन्छ भन्ने विश्वास रही आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85