Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुकुमबासी व्यवस्थापनको अग्निपरीक्षा

प्रकाशित मिति : २०८३ बैशाख २३ गते

काठमाडौँ उपत्यकाका नदीकिनारमा दशकौँदेखि बसोबास गर्दै आएका सुकुमबासी बस्तीहरू हालै सरकारको पहलमा शान्तिपूर्णरूपमा हटाइएका छन् । विगतमा जस्तो हिंसात्मक झडप नभएको यो अभियान प्रशासनिक दृष्टिले सफल देखिए पनि यसको वास्तविक मूल्याङ्कन भने विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ । यी नागरिकलाई सम्मानजनक पुनस्र्थापना कसरी हुन्छ भन्ने सवाल उत्पन्न भएको छ । घर भत्काउनु मात्र समाधान होइन; राज्यको असली परीक्षा अब सुरू भएको छ । सुकुम्बासीलाई केवल ‘अतिक्रमणकारी’का रूपमा चित्रण गर्नु अन्यायपूर्ण हुन्छ । उनीहरू असमान विकास, गरिबी, रोजगारीको अभाव र ग्रामीण क्षेत्रबाट सहरतर्फको तीव्र बसाइसराइका कारण खोलाकिनारमा बस्न बाध्य भएका हुन् । छोटो सूचनामा घर छाड्न बाध्य बनाइएका परिवार अहिले अस्थायी शिविर वा रङ्गशालामा बसिरहेका छन् । तर, बालबालिकाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता आधारभूत प्रश्न अझै अनुत्तरित छन् । सरकारले नदीकिनार खाली गराएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु ठूलो भूल हुनेछ ।

नेपालमा सुकुमबासी समस्या समाधानका नाममा थुप्रै आयोग गठन भए र विघटन पनि भए । नापजाँच, लगत संकलन, सिफारिस र लालपुर्जा वितरणका प्रयास भए पनि नीतिगत निरन्तरता नहुँदा समस्या झन् जटिल भएको छ । यसपटक पनि प्रमाणीकरण र पुनर्वासको विकल्पबिना डोजर पठाउनु सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउने काम हो । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई थप सास्ती हुन नदिन राज्यले संवेदनशीलता देखाउन सकेन । प्रधानमन्त्री बालेन्द्र शाहले बस्ती हटाउने पूर्वसन्ध्यामा सुकुमबासीलाई ढाडस दिएका थिए । अब त्यो अभिव्यक्तिलाई ठोस नीति र पुनस्र्थापनामा परिणत गर्न जरूरी छ । अस्थायी शिविरमा राखिएका परिवारलाई न्यून लागतका सामूहिक आवास वा घर निर्माण कार्यक्रममा समेट्नुपर्छ । नागार्जुनमा बनेका भवनहरूको उपयोग तत्काल अघि बढाउन सकिन्छ । पुनस्र्थापना गर्दा रोजगारीको अवसर नखोसियोस् भन्ने सुनिश्चितता आवश्यक छ । शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउन सकेमात्र नागरिकले राज्यको संवेदनशीलता महसुस गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा देशभर करिब १६ लाखभन्दा बढी सुकुमबासी परिवार रहेको सरकारी तथ्याङ्कले देखाएको छ । सुकुमबासी बस्ती खाली गर्नु सहरी सौन्दर्यीकरण वा जग्गा संरक्षणको सवाल होइन, सामाजिक न्याय र नागरिक अधिकारको प्रश्न हो । संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ; त्यसैले भूमिहीनलाई कानुनी मान्यता दिने लालपुर्जा वितरण, दीर्घकालीन पुनर्वास, क्षतिपूर्ति र सामाजिक समावेशीकरणको मोडल अघि सार्नु जरूरी छ । बस्ती हटाउँदा देखिएको नागरिकको मौन सहयोग र प्रशासनको संयमतालाई राज्यले अवसरका रूपमा लिनुपर्छ । वातावरणीय सुधारसँगै विस्थापित नागरिकलाई सम्मानजनक जीवन दिन सकिएन भने समस्या फेरि अर्को नदीकिनारमा पुनः जन्मिने निश्चित छ । आजको आवश्यकता बल प्रयोग गरेर होइन, संवाद र सहमति गरेरै सुकुमबासीको व्यवस्थापन गर्न सकिन्छ । भूमिहीन राज्यका शत्रु कदापि होइनन्, उनीहरुलाई आफ्नै नागरिकका रूपमा हेर्ने दृष्टिकोणसहित दीर्घकालीन समाधानमा जुट्नु अपरिहार्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22