२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026
२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विभिन्न जिल्लाका सडकखण्डमा सवारी सञ्चालनमा रोक, जानकारीसहित यात्रा गर्न आग्रह

प्रकाशित मिति : २०८३ श्रावण २१ गते
File Photo.

काठमाडौँ / देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अविरल वर्षाका कारण अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ ।

यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूलीले सडक कटान गरेपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटेमा पहिरो खसेकाले बेनी–जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.90
152.50
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.57
205.38
Swiss Franc
1
187.66
188.40
Australian Dollar
1
107.01
107.44
Canadian Dollar
1
107.99
108.42
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.51
22.60
Saudi Arabian Riyal
1
40.45
40.60
Qatari Riyal
1
41.66
41.83
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.11
37.26
South Korean Won
100
10.66
10.70
Swedish Kroner
1
15.94
16.01
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.37
19.44
Kuwaity Dinar
1
494.63
496.58
Bahrain Dinar
1
402.86
404.46
Omani Rial
1
394.53
396.09