२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सोलुखुम्बुमा पहिरोले ११ परिवार विस्थापित, जोखिममा दुई वडा कार्यालय

प्रकाशित मिति : २०८३ श्रावण २५ गते

सोलुखुम्बु / सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुई वटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो ।

यस्तै, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन केही दिनअघि गएको पहिरोका कारण जोखिममा परेको छ । “निरन्तर वर्षात् भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको छ”, प्रमुख जिल्ला अधिकारी थापामगरले भने ।

सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीस्थित वडा कार्यालय भवनभन्दा ठिक माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ । पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवनसमेत उच्च जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताए । उनका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ ।

पहिरोले सडकसहित आसपासका संरचनामा क्षति पुर्‍याएको छ भने पहिरो थप विस्तार हुनसक्ने जोखिम छ । “पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन”, वडाध्यक्ष शेर्पाले भने । पहिरो थप बढेमा वडा कार्यालय भवनसँगै स्वास्थ्य चौकीसमेत प्रभावित हुनसक्ने उनले बताए ।

वडा कार्यालयभन्दा माथिल्लो क्षेत्रमा रहेको भिरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको उनको भनाइ छ । त्यसैगरी, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ ।

यस्तै वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका वडाध्यक्ष दीपबहादुर राईले बताए । पहिरो निरन्तर बढ्दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवनसमेत तान्न सक्ने अवस्था रहेको उनले बताए । वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् ।

“पहिरो बढ्दै गएको छ । वडा कार्यालय त जोखिममा छ नै, यसले बस्तीसमेत धरापमा पारेको छ । ठूलो पानी परेको समयमा मलाई राति निद्रा लाग्दैन”, वडाध्यक्ष राईले भने, “झरी निरन्तर छ । वडा कार्यालय आसपासको जमिन पहिरोले थिलथिलो भएको छ । असाध्यै चिन्ता लाग्छ, कुन बेला के घटना हुने हो थाहा छैन ।”

यसैबीच पहिरोका कारण जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पनि पहिरोका कारण एक घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर पहिरोको जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडक, सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

विशेषगरी भिरालो भूभागमा सडक विस्तार गरिएका क्षेत्र तथा पहिरोको पुरानो जोखिम रहेका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ । जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ ।

वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा जान जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45