अत्तरिया / गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।
आज (शुक्रबार) बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरू नदीमा बगेका हुन् । उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो ।
- ADVERTISEMENT -












































