२०८३ श्रावण १८, सोमबार
August 3, 2026
२०८३ श्रावण १८, सोमबार
August 3, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जम्बुडाँडामा राति आगलागी हुँदा काठ गोदामसहित १४ सटरमा क्षति

प्रकाशित मिति : २०८३ श्रावण १७ गते
file photo.

काठमाडौं / गोकर्णेश्वर नगरपालिका–५ पहेँलोपुल नजिक जम्बुडाँडामा शनिबार राति भएको आगलागीबाट एक काठ गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ भने आगलागीमा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा त्यससँगै रहेका व्यवसायिक सटरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

- ADVERTISEMENT -

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट १००, विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट २५ तथा सशस्त्र प्रहरी बल सिनामंगलबाट ५० गरी १७५ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको थियो।

आगो नियन्त्रणका लागि ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीसमेत परिचालन गरिएका थिए। करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा टहराको जस्तामाथिबाट खसेर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यसपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा रेफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र बाहिरी गम्भीर चोट नदेखिएको जनाइएको छ।

आगलागीबाट ओम काष्ठ मिल उद्योगसहित रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण मुचुल्का प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.32
152.92
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.89
205.69
Swiss Franc
1
188.46
189.20
Australian Dollar
1
107.16
107.58
Canadian Dollar
1
108.68
109.11
Singapore Dollar
1
118.69
119.16
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.27
37.42
South Korean Won
100
10.60
10.64
Swedish Kroner
1
15.97
16.03
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.03
496.98
Bahrain Dinar
1
403.98
405.57
Omani Rial
1
395.62
397.18