काठमाडौं / काठमाडौं–मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमा खसेको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् ।
- ADVERTISEMENT -

धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
















































