२०८३ भाद्र २१, आईतवार
September 6, 2026
२०८३ भाद्र २१, आईतवार
September 6, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोले दुई राजमार्गको सडकखण्ड बिहानैदेखि अवरुद्ध

प्रकाशित मिति : २०८३ भाद्र २१ गते

बाजुरा / बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गए (शनिबार) राति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन् ।

सहिदमार्ग अवरुद्ध
यस्तैगरी गएराति नै परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्गमा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज (आइतबार) बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरू बिच सडकमा नै रोकिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45