२०८३ भाद्र २१, आईतवार
September 6, 2026
२०८३ भाद्र २१, आईतवार
September 6, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्याङ्जाको आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्र

प्रकाशित मिति : २०८३ भाद्र २० गते

स्याङ्जा / वालिङ नगरपालिका–१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत वि।सं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको बेवास्ताका कारण पाँच वर्षदेखि अलपत्र परेको स्थानीय बताउँछन् ।

- ADVERTISEMENT -

Advertisement

भवनको हालसम्म आधामात्रै काम भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए ।

तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको कार्यालयले सूचना निकालिएको जनाउँदै उनले भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले तदारुकता नदेखाएमा ठेक्का रद्द गर्ने बताए ।

‘सकेसम्म निर्माण गरिरहेको कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो’, उनले भने, ‘निरन्तर रूपमा काम गरेको खण्डमा समय धेरै लाग्ने थिएन, अब आधाजसो काम बाँकी छ ।’ कार्यालयले भवन निर्माण समयमै सक्नका लागि पत्राचार गरे पनि निर्माण कम्पनीको ढिलासुस्तीले भवन पाँच वर्षदेखि अलपत्र हुँदै आएको छ ।

यहाँका स्थानीय तथा जनप्रतिनिधिले पटकपटक निर्माणलाई तीव्रता दिन अनुरोध गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले बताए । ‘हजारौँ नागरिकले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले स्थापना भएको औषधालय निर्माण व्यवसायीको लापरबाहीले अलपत्र बनेको छ’, उनले भने, ‘समयमै सक्न अनुरोध गर्दै आएका छौँ । केही समस्या भए समाधानमा हामी जनप्रतिनिधि तथा स्थानीयवासी पनि लाग्ने भनिरहेका छौँ तर काम भएन ।’

समयमा भवन निर्माण सम्पन्न नहुँदा कार्यालय भाडामा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताए । ‘ठाउँको अभाव हुँदा औषधालयले प्रदान गर्ने सेवा बन्द अवस्थामा छन्, सबै सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन’, उनले भने, ‘औषधालयमा गराउनुपर्ने मेडिकल योगा, शिरोधारासहित औषधि निर्माणाधीन भवनका कारण अहिले ठप्प छ ।’ उनका अनुसार अहिले औषधालयले सामान्य सेवा, औषधोपचार तथा परामर्शका कामहरू मात्र सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45