Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिनीको चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

प्रकाशित मिति : २०८३ आश्विन १५ गते
file photo

चितवन / पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पाल्नुभएको १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।

उहाँका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उहाँले भन्नुभयो, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखँे ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उहाँले बताउनुभयो । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उहाँले बताउनुभयो । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

विसं २०७२ देखि मौरीपालन गर्दै आउनुभएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २० घार मौरी मरेका थिए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइले मौरीलाई आहाराका रुपमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको बताउनुभयो ।

किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिजस्ता वस्तुसँगै ल्याइएको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले घारमा सङ्क्रमण देखिने र मौरी बिस्तारै मर्दै जाने गरेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

चास्नी खुवाउँदा मौरी मरेपछि परीक्षणका लागि व्यावसायिक किट विकास केन्द्रसँगको सहयोगमा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । योबाहेक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामुपरको सहयोगमा चीनमा हुन लागेको सम्मेलनमा यो नमुना पठाएर अध्ययन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा १९ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आएको छ । व्यावसायिक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभावका कारण चास्नी खुवाउने गर्दछन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42