Opens in a new tab
२०८३ आश्विन १६, शुक्रबार
October 2, 2026
२०८३ आश्विन १६, शुक्रबार
October 2, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिनीको चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

प्रकाशित मिति : २०८३ आश्विन १५ गते
file photo

चितवन / पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पाल्नुभएको १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।

उहाँका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उहाँले भन्नुभयो, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखँे ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उहाँले बताउनुभयो । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उहाँले बताउनुभयो । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

विसं २०७२ देखि मौरीपालन गर्दै आउनुभएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २० घार मौरी मरेका थिए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइले मौरीलाई आहाराका रुपमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको बताउनुभयो ।

किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिजस्ता वस्तुसँगै ल्याइएको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले घारमा सङ्क्रमण देखिने र मौरी बिस्तारै मर्दै जाने गरेको उहाँले बताउनुभयो ।

चास्नी खुवाउँदा मौरी मरेपछि परीक्षणका लागि व्यावसायिक किट विकास केन्द्रसँगको सहयोगमा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । योबाहेक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामुपरको सहयोगमा चीनमा हुन लागेको सम्मेलनमा यो नमुना पठाएर अध्ययन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा १९ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आएको छ । व्यावसायिक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभावका कारण चास्नी खुवाउने गर्दछन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.04
153.64
European Euro
1
173.88
174.56
UK Pound Sterling
1
203.28
204.07
Swiss Franc
1
183.63
184.35
Australian Dollar
1
106.70
107.12
Canadian Dollar
1
107.93
108.35
Singapore Dollar
1
119.88
120.35
Japanese Yen
10
9.75
9.79
Chinese Yuan
1
22.83
22.92
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.67
41.83
Malaysian Ringgit
1
37.53
37.68
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.34
15.40
Danish Kroner
1
23.26
23.35
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.13
499.07
Bahrain Dinar
1
405.94
407.53
Omani Rial
1
397.51
399.07