Opens in a new tab
२०८३ आश्विन १७, शनिबार
October 3, 2026
२०८३ आश्विन १७, शनिबार
October 3, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्लेन उडाइरहेका पाइलटमाथि छुरा प्रहार, सबै यात्रु सकुशल

प्रकाशित मिति : २०८३ आश्विन १७ गते

काठमाडौं / आकाशमा ३४ हजार फिटको उचाइमा उडिरहेको एउटा यात्रुवाहक विमान ।

ककपिटभित्र को–पाइलटले पाइलटमाथि चक्कु प्रहार गर्छ र विमान अचानक तीव्र गतिमा तल झर्न थाल्छ । अनि, चक्कु प्रहारबाट घाइते भएको पाइलटले बेहोस हुनुअघि जेनतेनले ककपिटको ढोका खोलिदिन्छन् र मद्दतका लागि चिच्याउँछन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसपछि यात्रुहरू र विमानका चालक दल ककपिटभित्र पस्छन् र आक्रमणकारीलाई नियन्त्रणमा लिन्छन्। सँगै, प्लेनमै सवार एक यात्रुसहित चालक दलले प्लेन सम्हालेर सकुशल ल्यान्ड गराउँछन् ।

यो कुनै फिल्मको कथा होइन । यो बुधबार दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको एफजेट १०७३ मा घटेको वास्तविक घटना हो।

बुधबार अर्थात् हिजो फ्लाईदुबईको बोइङ ७३७ म्याक्स ८ विमान दुबईबाट तेल अभिभका लागि उडेको थियो। विमानमा १७४ जना यात्रु रहेका थिए । तीमध्ये अधिकांश इजरेली नागरिक रहेको बताइएको छ ।

उडानका क्रममा ककपिटमा रहेका क्याप्टेन स्मित मच्छार र उनका सहपाइलटबीच गम्भीर झडप भयो । उपलब्ध प्रारम्भिक रिपोर्टअनुसार सह(पाइलटले मच्छारमाथि धारिलो हतियारले आक्रमण गरेका थिए । उडानका क्रममा विमान करिब ३४ हजार फिटको उचाइमा पुगेको थियो।

उडान ट्र्याक गर्ने वेबसाइट ’फ्लाइटरेडार२४’का अनुसार संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार बिहान उडेको फ्लाइदुबईको उक्त विमानले दुई घण्टापछि आपत्कालीन सङ्केत ७७०० कोड पठाएको थियो।

त्यसको केही मिनेटपछि उक्त सङ्केतलाई परिवर्तन गरेर “विमान अपहरण“ मा परेको सङ्केत ७५०० पठाइएको थियो। तर पछि फेरि त्यसलाई सामान्य आपत्कालीन सङ्केतमै फर्काइएको थियो।

यो असामान्य संकेतले इजरायली सुरक्षा निकाय सतर्क भयो र तुरुन्तै इजरायली वायु सेनाको लडाकु विमान उक्त विमानको रेकी गर्न परिचालन गर्यो । उता ककपिटमा भएको घटनापछि विमानमै सवार एक यात्रु ककपिटभित्र पसेर सह(पाइलटलाई सिटबाटै तानेर लडाइदिएको र उनलाई अन्यले नियन्त्रणमा लिएको बताइएको छ ।

त्यसपछि अन्य चालक दल र विमानमै सवार यात्रुले विमान सम्हालेर रुट फेरेको र अरबको ताबुक क्षेत्रीय विमानस्थलमा अवतरण गराइयो ।

तर, यत्रो घटना भएर पनि सबैलाई सकुशल राख्न क्याप्टेन स्मित मच्छारले देखाएको बहादुरी र संघर्षले अहिले चर्चा पाइरहेको छ ।

को हुन् स्मित मच्छार रु
टाइम्स अफ इण्डियाका अनुसार स्मित मच्छार भारत महाराष्ट्र राज्यको मुम्बईस्थित घाटकोपरका हुन् । उनी भारतका एक अनुभवी व्यावसायिक पाइलट हुन् । सार्वजनिक व्यावसायिक प्रोफाइल तथा भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उनी मुम्बईमा आधारित रहेर लामो समय विमान उडानमा सक्रिय थिए ।

मच्छारले आफ्नो व्यावसायिक उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए । उनी सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका थिए र करिब ११ वर्ष त्यहाँ काम गरेका थिए । त्यस अवधिमा उनी सिनियर क्याप्टेनको पदसम्म पुगेका थिए ।

सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । यस भूमिकामा पाइलटलाई प्रशिक्षण दिने, उनीहरूको उडान क्षमताको मूल्यांकन गर्ने तथा व्यावसायिक उडानका क्रममा आवश्यक मापदण्ड पालना गराउने जिम्मेवारी हुन्छ ।

सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए । यसको अर्थ उनले नयाँ पाइलटका रूपमा नभई यसअघि नै हासिल गरेको कमान्ड अनुभवका आधारमा क्याप्टेनको जिम्मेवारीमा प्रवेश गरेका थिए ।

उनको सार्वजनिक लिङ्क्डइन प्रोफाइलमा बोइङ ७३७–८०० तथा ७३७ म्याक्सका विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव उल्लेख छ । त्यसमध्ये स्पाइसजेटमा मात्रै ६ हजार ४०० घण्टाभन्दा बढी पाइलट–इन–कमाण्डका रूपमा उडान गरेको विवरण सार्वजनिक भएको छ ।

अहिले उनै स्मितको संसारभर चर्चा र प्रशंसा भइरहेको छ ।

ताबुकमा विमान अवतरण भएपछि मच्छर र अर्का पाइलट दुवैलाई अस्पताल लगिएको साउदी अधिकारीहरूले बताएका छन् । भारतीय दूतावासका अनुसार मच्छरको अवस्था स्थिर रहेको र उनको उपचार भइरहेको छ ।

तर, यो घटना यतिमै सकिएको छैन । किन ककपिटभित्र पाइलटहरूबीच यस्तो हिंसात्मक घटना भयो रु चक्कु ककपिटसम्म कसरी पुग्यो रु आक्रमणको वास्तविक उद्देश्य के थियो रु के यो व्यक्तिगत घटना थियो वा अन्य कुनै कारणसँग जोडिएको थियोरु यी सबै प्रश्नको उत्तर अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

इजरायली अधिकारीहरूले सुरक्षा अनुसन्धान अघि बढाएका छन् भने यूएईको नागरिक उड्डयन निकायले पनि घटनाको अनुसन्धान गरिरहेको छ। फ्लाईदुबईले पनि सम्बन्धित अधिकारीसँग सहकार्य गरिरहेको जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.81
154.41
European Euro
1
173.01
173.69
UK Pound Sterling
1
203.18
203.98
Swiss Franc
1
185.69
186.42
Australian Dollar
1
106.72
107.14
Canadian Dollar
1
108.04
108.46
Singapore Dollar
1
120.23
120.69
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.94
23.03
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.20
42.36
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.88
42.04
Malaysian Ringgit
1
37.66
37.80
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.31
15.37
Danish Kroner
1
23.14
23.24
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.46
501.41
Bahrain Dinar
1
407.96
409.55
Omani Rial
1
399.51
401.07