Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाजाको अस्पतालमा आक्रमण, ६ जनाको मृत्यु, २७ घाइते

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते
file photo.

काठमाडौं / दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ । आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन् ।

अलजजिराका अनुसार गाजा स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीलाई अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको संरक्षणको उल्लंघन भएको भन्दै आक्रमणको निन्दा गरेको छ । साथै अस्पतालको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पनि आक्रमणमा ६ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार आक्रमणबाट अस्पतालको शल्यचिकित्सा विभागमा व्यापक क्षति पुगेको छ । शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष र सघन उपचार कक्षसमेत प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

टेड्रोसका अनुसार सन् २०२३ अक्टोबरदेखि हालसम्म डब्लुएचओले गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि भएका १ हजार ५६ वटा आक्रमण अभिलेख गरेको छ । ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन् ।

यता इजरायली रक्षा बल (आईडीएफ) ले भने उक्त आक्रमण नासेर अस्पताल परिसरभित्र सक्रिय हमासका सैन्य सदस्यलाई लक्षित गरी गरिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार आक्रमणमा खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइल पनि लक्षित थिए ।

आईडीएफले अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको र त्यहाँका कमान्डरहरूले कडा सुरक्षा व्यवस्थाबीच सैन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएको छ । उक्त कमान्डर युद्धका क्रममा बन्धकहरूलाई नियन्त्रणमा राख्ने कार्यमा संलग्न रहेको पनि इजरायली सेनाको दाबी छ ।

इजरायली सेनाले आक्रमणअघि अस्पतालमा भइरहेको सैन्य गतिविधि रोक्न पटक–पटक चेतावनी दिएको र नागरिक तथा अस्पतालमा हुने क्षति न्यूनीकरणका लागि सावधानी अपनाएको जनाएको छ । अस्पताल परिसरलाई सैन्य गतिविधिका लागि प्रयोग गरिएको आरोप लगाउँदै त्यहाँबाट इजरायली सैनिकमाथि आक्रमणको योजना बनाउने र हमासको सैन्य क्षमता पुनर्निर्माण गर्ने काम भइरहेको उसको दाबी छ ।

तर डब्लुएचओ प्रमुख टेड्रोसले गाजाका स्वास्थ्य संस्थाहरू त्यहाँका नागरिकका लागि जीवनरक्षक आधार भएको भन्दै तिनको सुरक्षा गर्नुपर्नेमा जोड दिएका छन् । अस्पताललाई सैन्य प्रयोजनमा प्रयोग गर्न र आक्रमण गर्न नहुने उनको भनाइ छ । अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा अस्पतालमाथि पछिल्लो आक्रमण भएको हो । एएनआई

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.18
150.78
European Euro
1
166.60
167.27
UK Pound Sterling
1
199.31
200.11
Swiss Franc
1
180.56
181.28
Australian Dollar
1
102.52
102.93
Canadian Dollar
1
105.37
105.79
Singapore Dollar
1
116.89
117.35
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.52
22.61
Saudi Arabian Riyal
1
40.02
40.18
Qatari Riyal
1
41.20
41.37
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.89
41.05
Malaysian Ringgit
1
36.82
36.97
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.07
15.13
Danish Kroner
1
22.29
22.38
Hong Kong Dollar
1
19.14
19.22
Kuwaity Dinar
1
486.65
488.59
Bahrain Dinar
1
398.25
399.84
Omani Rial
1
390.06
391.62