March 19, 2024

चितवनका पत्रकार कँडेलको ‘मोसो’ उपन्यास सार्वजनिक

December 6, 2020

चितवन / पत्रकार सूर्यप्रकाश कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा शनिबार पत्रकार कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको हो ।
पत्रकार कँडेलको ‘मोसो’ उपन्यास युरेका पब्लिकेसेन्सले बजारमा ल्याएको हो । उपन्यास आफैँमा एउटा बेग्लै संसार हो, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने उनले बताए । मोसोमा यी सबै कुरा भएकोले एउटा ठूलो सामाजिक सन्देश दिने उनको विश्वास छ ।
उनले भने पत्रकार भन्दैमा सबै दूधले नुहाएका नहुने पत्रकारिताको आवरणमा गलत हुने भएकाले ‘मोसो’ उपन्यासबाट सो सन्देश खोजेको उनको भनाइ छ भने ‘मोसो’ उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ । पुस्तक दुई सय तीस पेजको रहेको सो पुस्तकको मूल्य रु ३८५ भएको जानकारी गराए ।
विसं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गर्नुभएका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्नुहुन्छ । चितवनमा रही पत्रकारितामा क्रियाशील पत्रकार कँडेल नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत रहेका छन् ।
हाल उहाँ नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत छन् । यसअघि उहाँले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाताको रुपमा काम गरिसकेका छन् । व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताए भने उनको ‘मोसो’ उपन्यास पहिलो साहित्यिक कृति हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -